वन क्षेत्र तराईको समथल भ” भाग देखि च’रे पहाड सम्मको भौगोलिक विविधता भएको कारण यहाँ पाईने वनको किसिम र प्रजातीमा पनि विविधता पाईन्छ । उष्ण र उपोष्ण ९त्चयउष्अब िबलम कगद(त्चयउष्अब०ि प्रदेशीय भएको यस जिल्लाको वन क्षेत्रमा थ’प्रै प्रजातिका मिस्रित वन पाइन्छ । यस जिल्लाको क’ल वन र व’टयान क्षेत्र १,१९,९३९.७४ हेक्टर मध्ये बाँके राष्ट्रिय निक’ञ्ज तथा मध्यवर्ती क्षेत्रमा ६२,२००.६८ हेक्टर (५१.८६ ५) र जिल्ला वन कार्यालयको क्षेत्राधिकार भित्र ५७,७३९.०६ हेक्टर (४८.१४ ५) रहेको छ ।
भू उपयोग |
क्षेत्रफल (हेक्टर) |
प्रतिशत |
बाके राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्रमा पर्ने वन क्षेत्र |
62,200.68 |
51.86 |
राष्ट्रिय वन क्षेत्र (सामुदायिक वन समेत) |
57,739.06 |
48.14 |
जम्मा |
119,939.74 |
100 |
जिल्ला वन कार्यालयको क्षेत्राधिकार भित्र रहेको कुल ५७,७३९.०६ हेक्टर वन क्षेत्र मध्ये ५२,९३३.०९ हेक्टर रुखले ढाकेको क्षेत्र र ४,८०५.९७ हेक्टर झाडी बुट्यान क्षेत्र सरकारद्धारा व्यवस्थित वन, सामुदायिक वन र धार्मिक वनको रुपमा व्यवस्थापन भइरहेको छ । हावापानी, भौगोलिक अवस्थिति तथा प्रजातीको आधारमा यस जिल्लाको वन लाई निम्न अनुसार वर्गिकरण गरिएको छ ।
(क) तराई वन
तराई वन चुरे पहाडको फेददेखि दक्षिणको कृषि भूमीसम्म फैलिएको छ । ब्एच्इक्भ्ऋ को सन् १९९७ को अनुसार तराईको वनलाई साल, तराई हार्डउड, खयर सिसौ, मिश्रीत र वृक्षारोपण गरी ५ किसिममा विभाजन गरेको छ ।
१. साल वन
यहाँ साल प्रजातीको बाहुल्यता बढी भएको उत्पादनशिल वन पर्दछ । चुरे पहाडको मध्य भागदेखि तराईको समथर भागसम्म यो वन फैलिएकोमा साल मुख्य प्रजाती र सह प्रजातीहरुमा असना, कर्मा, हर्राे, बर्राे, जामुन, सिमल, सिँदुरे, सतिसाल आदि पर्दछन् । लहरे प्रजातीमा भोर्ला, देब्रे लहरो आदि हुन् भने घाँस प्रजातीमा खर, काँस भुँई सतहमा पाईन्छ । चरिचरणको बढि प्रकोप भएको ठाँउ र Canopy Closure कम भएको ठाँउमा सिँदुरे प्रजाती झाडीको रुपमा बिकास हुँदा साल प्रजातीको पुनरुत्पादन लाई चुनौती दिईरहेको अबस्था छ । यस अबस्थालाई सुधार गर्न Regeneration Felling गराई चरीचरण, आगलागि नियन्त्रण र झाडी सफाई नगर्ने हो भने भबिष्यमा यो वन सिँदुरेको झाडीमा रुपान्तरण हुने खतरा देखा परेको छ ।
२. तराई हार्डउड वन
जिल्लाको उष्ण प्रकृतिको क्षेत्र जहाँ सालको नगण्य उपस्थिती छ र अन्य प्रजाती जस्तै असना, कर्मा, बोटधँगेरो, गुटेल आदि मिश्रीत रुपमा ज्यादा पाईन्छ । त्यस्तो वन क्षेत्र तराई हार्डउड वनमा पर्दछ । यस वन क्षेत्रमा झाडी प्रजातीहरु कटिपत्ता, Mormordia dioica, Jasminum muttiflorum, Mussanda marophylla पाईने र भुँई घाँस प्रसस्त पाईने हुनाले यो वन क्षेत्र वन्यजन्तुको बासस्थानको लागि उपयोगी र जैबिक दृष्टिकोणले महत्वपूर्ण पाईएको छ । यस वनमा ठूला मझौला रुखहरु लगायत बिभिन्न खालका बुट्यान र लहराहरु समेत पाईन्छ । यो वनमा कुनै पनि एक प्रकारको प्रजातीको बाहुल्यता रहेको पाईदैन । यस्तो खालको वनको ब्यबस्थापन गर्न छनौट प्रणाली अपनाई Canopy Open गरेमा सबै प्रजातीको बिरुवाहरुको पुनरुत्पादन हुनलाई अबसर प्राप्त हुने देखिन्छ । यो वन पनि उत्पादनशिल वनको रुपमा बिकास गर्न सकिने स्थितिमा रहेको छ ।
३. खयर सिसौ वन
यस किसिमको वन बाँके जिल्लाको नदी किनार, नदीले बगाएर ल्याएको पाँगो माटो थुपारेको जमीन, नदीले बाटो छोडेर कायम भएको जमीनमा पाईएको छ । यस जिल्लामा खयरको प्रजाती उच्च सुख्खा चुरे क्षेत्रमा पनि पाईन्छ । यो वन क्षेत्रलाई उचित संरक्षण र संबर्धन गर्न सकेमा भबिष्यमा सालको वनको रुपमा रुपान्तरण गर्न सकिने सम्भावना समेत रहेको छ । यो वनलाई पनि उत्पादनशिल वनको रुपमा बिकास गर्न सकिने र गाँउ बस्ती देखि टाढा रहेको यस खालको वन क्षेत्र हाल पनि उत्पादनशिल रुपमा देखा परेको देखिन्छ । यस वनमा पाईने मुख्य प्रजातीहरूमा सिसौ Dalbergia sissoo र खयर Acacia catechu सुख्खा क्षेत्रहरूमा पाईन्छ । झाडिदार प्रजातीमा Acacia concinna, Caesalpinia bonducelia, Caesalpinia decapetala, Desmodium gangeticum, Pogostemonआदि हुन् ।
४. वृक्षरोपण वन
यो वन बिगतमा बृक्षारोपण गरिएको क्षेत्र र भबिष्यमा बृक्षारोपण गरी हुर्काउन सकिने हालको खाली मैदान, हैसियत बिग्रेको वन क्षेत्रहरु पर्दछन् । यस क्षेत्रमा प्राकृतिक पुनरुत्पादनको स्थिती ज्यादै दयनिय र चरिचरणको प्रकोप ज्यादा परेको पाईन्छ । यस जिल्लामा बृक्षारोपण गरेको क्षेत्र तथा वृक्षारोपण वनहरुमा थिनिङ्ग, प्रुनिङ लगायतका वन संबर्धन कार्यहरु गर्नु पर्ने देखिन्छ ।
(ख) चुरे क्षेत्रको वन (शिवालिक वन)
चुरे क्षेत्र भावरको समथल देखि चुरे पहाडसम्म फैलिएको छ । यो क्षेत्रमा चौडापाते वनको प्रमुखता रहेको छ । शिवालिक क्षेत्र विविध प्रकारको भुवनौट र प्राकृतिक वातावरणका कारण जैविक विविधताको भण्डार मानिन्छ । शिवालिक क्षेत्रमा मानव चांप र कलिलो भू वनौटले प्राकृतिक वातावरण र जैविक विविधतामा हस आएको छ । LRMP (Land Resource Mapping Project)अनुसार शिवालिकको वनलाई Hardwood, Mixed forest / Shrubs गरी ३ भागमा वर्गीकरण गरिएको छ । साल Shorea robusta, खयर–सिसौं (KS) Tropical Mixed Hardwood (TMH) साल मुख्य वन प्रजाती हुन ।
खयर (Acacia catechu) र सिसौ (Dalbergia sissoo),सिमल (Bombax malabaricum) नदी किनारमा पाईन्छ । यस वनका सहप्रजातीहरूमा Chinchine (Casia tora), घुस्रे(Colebrookia oppositifolia), बयर (Ziziphus jujube), घन्टु (Clerodendron infortunatum), असुरो (Adhatoda vasica), गुटेल (Trewia nudiflora), बर्रो (Terminalia balarica), Terminalia chebula (हर्रो), Aegle marmelos (वेल), Adina cordifolia (कर्मा) आदि नदी किनारा र माथिका पहाड पाखाहरुमा पाईन्छ । Centella asiatica (घोलताप्रे), Acorus calamus (गुर्जाे), Eupatorium odenophorum (वनमारा), Mimosa pudica (लाजवन्ति) मडिदार प्रजाति हुन । शिवालिकको भिरालो, घामिलो र पानी नजम्ने माटोमा साल वन अरु सह प्रजातीहरू जस्तै Terminalia belerica (बर्रो), Garuga pinnata (दवदवे ), Buchaniana latifolia (प्यारी), Dillenia indica (टाटरी), Anogeissus latifolia (बाझी), Bauhinia variegate (टांकी), Albizia procera (सिरीस), Bridelia retusa (गायो)आदि पाईन्छ । शिवालिकको दक्षिण तर्फको भिरालो भागमा पाईने झाडिदार प्रजातीमा Justicia sp., Adhatoda vasika, Cycas pectinata, Leena indica Barleria cristata आदी हुन ।
तराई मिश्रीत हार्डउड वन प्रकारमा Shorea robusta (साल), Terminalia tormentosa (अस्ना), Ficus hispida, Cassia fistula (राजवृक्ष), Lagestomia parviflora (बोटधंगेरो), Garunga pinnata (दवदवे) आदी हुन । अन्य वनस्पतिहरूमा Dendrocalamus hamiltonii (बाँस), Themeda arundinacea (खर), Mimosa Pudica (लाजवन्ति), Bergenia eiliata (पाखनवेद) Centelia asiatica (घोरताप्रे), Eupatorium odenophorum (वनमारा) / Lucoms indica आदी पाईन्छ
.
स्थानीय तह अनुसार वन क्षेत्रको विवरण
सि.नं |
स्थानिय तहको नाम |
कुल क्षेत्रफलको वन क्षेत्र प्रतिशतमा | कैफियत |
१ |
नेपालगंज उपमहानगरपालिका |
२% |
|
२ |
कोहलपुर नगरपालिका |
६६ % |
|
३ |
बैजनाथ गाउँपालिका |
३४% |
|
४ | जानकी गाउँपालिका |
०% |
|
५ |
खजुरा गाउँपालिका |
१% |
|
६ |
डुडुवा गाउँपालिका |
१८% |
|
७ |
नरैनापुर गाउँपालिका |
६१% |
|
८ |
राप्ती सोनारी गाउँपालिका |
८५% |
|
स्रोतः www.dfrs.gov.np
क्र.स | सव डिभिजन वन कार्यालयको नाम | स्थानीय तहको नाम |
१ | नरैनापुर सव डिभिजन वन कार्यालय, नरैनापुर | नरैनापुर गा.पा.को पुरै क्षेत्र |
२ | नेपालगंज सव डिभिजन वन कार्यालय, राँझा | ने·ग·उ·म·न·पा·, डुढुवा, जानकी, खजुरा गा.पा.को पुरै क्षेत्र |
३ | कोहलपुर सव डिभिजन वन कार्यालय, कोहलपुर | कोहलपुर न.पा. र बैजनाथ गा·पा· को पुरै क्षेत्र |
४ | सिक्टा सव डिभिजन वन कार्यालय, बैसा | राप्ती सोनारी गा·पा· वडा नं १ र ३ को वन |
५ | राप्ती सव डिभिजन वन कार्यालय, मेहमानपुर | राप्ती सोनारी गा.पा. वडा नं. ४, ५, ६ र ७ को वन |
६ | सम्शेरगञ्ज सव डिभिजन वन कार्यालय, ओभरी | राप्ती सोनारी वडा नं. २, ८ र ९ को वन |