• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

वि.सं. १९६४ सालमा वन व्यवस्थापनकै लागि नयाँ काठमहल र सो अन्तर्गत बाँके वनजाँच अड्डा कायम भएको पाइन्छ । वि.सं. २०१६ को दशकमा Working Plan Office खडा गरिएको र उक्त समयमा नेपालमा वन विशेषज्ञलाई पहिलो पटक तराईमा Forest Working Plan तयार गर्न लगाईएको पाईन्छ । वि. सं. १९९० को दशकमा विदेशबाट इ.ए. स्मिथ भन्ने वन विशेषज्ञ नेपाल आई वन कार्ययोजना र वनको संगठनात्मक योजना पेश गरेको र उनको सुझाव अनुसार वि.सं. १९९९ सालदेखि नेपालमा विभागीय स्तरको अड्डा बनाई तराईमा ३ सर्कल कार्यालय र १२ वन जाँच अड्डा खडा गरिएको थियो । त्यस अघि राजस्व लिएर जङ्गल विक्री गर्ने गरेकोमा त्यसवेला देखि वन व्यवस्थापनमा सुधार ल्याउन तराईका केही वन क्षेत्रको Working Scheme वनाईएको थियो । त्यसवेला देखि नै वन कार्य योजना अन्तर्गत Selection marking & Improvement marking गरी खडा रुखहरुको लिलाम गर्ने प्रथा प्रारम्भ भई वन सिमाना लगाउने र वनको हैसियत बढाउन लहरा काट्ने कार्यको थालनी भयो । स्मिथले तयार गरेको कार्ययोजनालाई अर्नेष्ट रोव भन्ने वन विशेषज्ञले तत्काल पूर्णरुपमा लागु गर्न वि.सं. २००९ मा जोड दिएका थिए ।

वि.सं. २०१३ साल देखि योजनावद्ध रुपमा वन विकासको थालनी भएको र वि.सं. २०१६ मा वन व्यवस्थापन र  विकासमा टेवा पुरयाउने उद्देश्यले वन सङ्गठनलाई ७ सर्कल र २२ वन डिभिजन कार्यालय खडा हुँदा बाँके वन डिभिजन कार्यालय समेत स्थापना भएको पाइन्छ । दोश्रो पञ्चवर्षीय योजना अवधीमा बाँके वन डिभिजन कार्यालय अन्तर्गतको वनको वन सिमाना निर्धारण र टि.सि.एन. को स्थापना गरिएको थियो । वि.सं. २०२७ सालदेखि FAO मार्फत बाँके र बर्दियामा २ चरणको वन विकास योजना सञ्चालन गरिएको थियो जसको प्रथम चरणको उद्देश्य सघन वन व्यवस्थापन गर्ने, कर्मचारीलाई तालिम दिने र निकासी योग्य काठहरुको छनोट गरी तराई क्षेत्रको वन सम्पदाको विकासमा टेवा पुरयाउनु थियो भने दोश्रो चरणको उद्देश्य व्यवसायिक वृक्षारोपण, उद्योगहरु स्थापनाको व्यवस्था मिलाउने र वन व्यवस्थापन योजना लागु गर्न सहयोग पुरयाउने थियो ।

राष्ट्रिय वन योजना २०३३ ले वन जङ्गललाई समयोचित तरिकाबाट व्यवस्थापन गरी राष्ट्रिय विकासमा सहयोग पुरयाउन देशभरमा ७ सर्कल, ४० वन डिभिजन कार्यालय र डिभिजन अन्तर्गत ४–७ रेञ्ज कार्यालय र हरेक रेञ्ज कार्यालय अन्तर्गत ४ बिटको व्यवस्था गरेको थियो, जस्मा बाँके वन डिभिजन पनि एक थियो । विकेन्द्रीकरण ऐन २०४० लागु भएपछि सबै जिल्लाहरु जस्तै यस जिल्लामा पनि जिल्ला वन कार्यालयको स्थापना भयो । त्यसैगरि निजामति सेवा ऐन, २०४९ को दोस्रो संशोधन अध्यादेश, २०६९ दफा २४ घ१ बमोजिम समायोजन पदस्थापन गरी आ.व. २०७०÷०७१ बाट लागू हुने गरी वन विभागको केन्द्रिय संगठन तथा मातहतका जिल्ला वन कार्यालयहरुको संगठनमा फेरबदल भई जिल्ला वन कार्यालय, बाँके अन्तर्गत ३ वटा सेक्टर वन कार्यालय र १४ वटा इलाका वन कार्यालय रहने गरी कार्य क्षेत्र तोकी जिल्लाको वन क्षेत्रको संरक्षण, सम्वद्र्धन, विकास र सदुपयोग सम्वन्धि कार्य हुँदै आएकोमा  वन तथा वातावरण मन्त्रालयको पत्रानुसार साविकको जिल्ला वन कार्यालय, सेक्टर वन कार्यालय र इलाका वन कार्यालयहरु खारेज भई डिभिजन वन कार्यालय बाँके र सो को मातहतमा ६ वटा सव डिभिजन वन कार्यालयहरु रहने गरी कार्य क्षेत्र तोकी हालको नयाँ संगठन निर्माण हुन गएको र सोही संरचनाबाट हाल जिल्ला भित्रको आफ्नो कार्यक्षेत्रमा वन क्षेत्रको संरक्षण, सम्वद्र्धन, विकास र सदुपयोग सम्वन्धि कार्य हुँदै आएको छ।