परिचय
बाँके जिल्लामा अवस्थित यस शमशेरगंज–माथेवास वन चक्ला वन चुरे श्रृखंलाको विचमा पर्दछ, जहाँ साल, अस्ना, खयर आदी प्रजातीका घना वन रहेको छ । विगतमा यो वनक्षेत्रलाई थुनुवा वनको रुपमा चिनिनु साथै सल्यानी राजाहरुले शिकार खेल्ने घना वन रहेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ । यो वनको वर्तमान अवस्थालाई बिश्लेषण गर्दा वनको दिगो ब्यवस्थापन गरी उत्पादनशिल बनाउन सक्ने प्रवल सम्भावना रहेको देखिन्छ । अतः यस वन क्षेत्रलाई चक्ला वनको रुपमा कायम गरी बैज्ञानकि वन ब्यवस्थापनद्धारा दिगो वन ब्यवस्थापन गरी निरन्तर रुपमा वन पैदावार आपुर्ति गर्ने उद्देश्यले यो चाक्ला वनव्यवस्थापन ब्यवस्थापन कार्ययोजना तयार गरी वन विभागबाट स्विकृत भइ कार्यान्वयनमा ल्याइएको छ ।
वनको सिमाना
पूर्व ः कचनापुर जाने बाटो (राष्ट्रिय वन र यस सगंै जोडिएको अशोक सा.व. र मधु सा.व. छुट्टयाउने बाटो)
पश्चिम ः अग्नी रेखा (राष्टिय वन र त्रिशक्ति, हर्लाफाँटा सामुदायिक वन छुट्टयाउने अग्नी रेखा)
उत्तरः पूर्व पश्चिम राजमार्ग (राष्टिय वन र बॉके राष्ट्रिय निकुञ्ज छुट्टयाउने राजमार्ग)
दक्षिण ः सिक्टा सिंचाईको उत्तर तर्फ पर्ने लालिगुराँस र हरियाली सामुदायिक वन सिमाना
क्षेत्रफल
यस चक्ला वनको क्षेत्रफल २५७८ हेक्टर जसमध्ये २,२६८ हे. उत्पादनशिल वन क्षेत्र कायम गरिएको छ यस चक्ला वनलाई लगभग बराबर क्षेत्रफल पर्ने गरि सात वटा कम्पार्टमेन्टमा बिभाजन गरिएको छ । हरेक कम्पार्टमेन्टलाई आठ वटा सव–कम्पार्टमेन्टमा विभाजन गरी जम्मा छपन्न सव–कम्पार्टमेन्ट कायम गरी वनको वैज्ञानिक व्यवस्थापन गरीदै आईएको छ ।
दूरदृष्टि
यस चक्ला वन ब्यवस्थापनको दूरदृष्टि “वनको बैज्ञानिक ब्यवस्थापनद्धारा दिगो ब्यवस्थापन गरी जैविक विविधता, वातावरणको संरक्षण र निरन्तर रुपमा वन पैदावारको उत्पादन र वितरण ”गर्ने रहेको छ ।