• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

यस जिल्लामा २०५३ साल फागुन १६ गते देखि विधिवत रुपमा दर्ता सुरु भएको सामुदायिक वन हालसम्म ११८ वटा सामुदायिक वनको रुपमा २२,००९।१३ हेक्टर क्षेत्रफल समुदायलाई हस्तान्तरण गरिएको छ । जसबाट कुल ३०,७८७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । विशेष गरि सबैजसो समुदायको पहुँचमा रहेको वनहरु समुदायलाई हस्तान्तरण गरिसकिएकाले गर्दा यस जिल्लामा अब सम्भाव्य सामुदायिक वन क्षेत्र न्यून रुपमा रहेको छ । संख्यात्मक हिसाबले हेर्दा सबैभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरु कोहलपुर सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका छन् भने क्षेत्रफलका हिसाबले शमसेरगन्ज सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका छन् ।

यस जिल्लामा १७ वटा सामुदायिक वनको ४०८३.५० हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापनमा आधारित वन कार्य योजना तयार गरी दिगो तथा वैज्ञानिक वन व्यवस्थापन पद्धती लागु गरीएको छ ।  यस वन क्षेत्रमा साल, अस्ना, वोटधाइरो, सान्दन, पियारीको वाहुल्यता भेटिन्छ भने खयर, हर्रो, वर्रो, जामुन, धौवा, अमला दवदवे, कर्मा, टाटरी लगायतका अन्य जातहरु समेत उल्लेख्य रुपमा पाइन्छन ।

यस जिल्लाका सबै वैज्ञानिक वन व्यवस्थापनमा आधारित वन कार्ययोजनामा इरेगुलर सेल्टरउड प्रणाली (क्ष्चचभनगबिच क्जभतिभचधययम क्ष्खिष्अगतिगचब िक्थकतझ) लागु गरी सबै सामुदायिक वनहरुलाइ एक वटा कम्पार्टमेन्टमा र उक्त कम्पार्टमेन्टलाई आठ वटा सव–कम्पार्टमेन्टमा विभाजन गरीएको छ । यस प्रणाली अपनाउदा यस जिल्लामा काठ र दाउराको आपुर्ति दिगो भई स्थानीय जनसमुदायको वन संरक्षण तथा चोरीनिकासी नियन्त्रणमा सहयोग प्राप्त भएको छ । यसका साथै सक्रिय ब्यवस्थापन क्षेत्र बाहेक अन्य क्षेत्रमा स्थानीय समुदायलाई सुकेका झिँजामिजा दाउरा संकलन गर्न सकिने सुविधा समेत प्रदान भएको छ ।

बाँके जिल्लाका साम’दायिक वनहरुमा अभ्यास गरीएका हार्भेष्टिङ योजना

          ढलापडा संकलन

पुनरुत्पादन कटान (Regeneration felling)

हुर्केको वन (Grown up Stand)

      पुनरुत्पादन अभिबृद्धि कार्यक्रम

      मुना निकाल्ने (coppicing)  

बाँके जिल्लामा अभ्यास गरीएका वन सम्बर्धन कृयाकलापहरु

                        सरसफाई (Cleaning)  

                        गोडमेल (Weeding)

                        पत्ल्याउने (Thining)

                        हाँगा काटने कार्य (Pruning)

                       कटान पश्चातको फोहर हटाउने (Removal of post harvest debries)

                        पुनरुत्पादन संरक्षण (Regeneration protection)

                        अग्नि नियन्त्रण रेखा निर्माण तथा मर्मत