• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज
  • १ परिचयः

लुम्बिनी प्रदेश अन्तर्गत तराईमा पर्ने बाँके जिल्ला तराई र चुरेपहाडको भु-भागबाट बनेको छ ।एक सुगम जिल्लाको रुपमा रहेको यस जिल्ला कर्णाली प्रदेश, बर्दिया र दाङ जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको छ । यस जिल्लामा राज्य पुर्नसँरचना अनुसार हाल १ उपमहानगरपालिका, १ नगरपालिका, ६ वटा गाँउपालिका गरी जम्मा ८ वटा स्थानिय तह रहेका छन । साथै वन सँगठनको नयाँ सँरचना अनुसार ६ वटा सवडिभिजन वन कार्यालयहरु रहेका छन, राप्तीसोनारी गाँउपालिका क्षेत्र अन्तर्गत शमशेरगञ्ज, सिक्टा र राप्ति सवडिभिजन वन कार्यालयहरु पर्दछन, नरैनापुर गाँउपालिका क्षेत्र अन्तर्गत नरैनापुर सवडिभिजन वन कार्यालय, कोहलपुर नगरपालिका र बैजनाथ गाँउपालिका क्षेत्र अन्तर्गत कोहलपुर सवडिभिजन वन कार्यालय र नेपालगञ्ज उपमहानगरपालिका, जानकी गाँउपालिका, खजुरा गाँउपालिका तथा डुडुवा गाँउपालिका नेपालगञ्ज सवडिभिजन वन कार्यालयको क्षेत्र भित्र पर्दछ । यस जिल्लामा भारतिय बजारमा आवात जावात गर्न सहज, यातायात, हवाई सेवा, स्वास्थ्य सेवा, उद्दयोग कलकारखाना, सूँचना तथा सँचार प्रविधिको विकासले स्थानिय वजारहरु शहरीकरण तर्फ उन्मुख भैरहेको तथा गाँउपालिकाहरु नगरोन्मुख भैरहेको, छिमेकी प्रदेश तथा जिल्लाहरुबाट बसाई सराईको चाप पनि दिन प्रतिदिन बढदै गईरहेको छ ।

 बाँके जिल्लामा घर निर्माण एंब मर्मतका लागी काठ तथा र्इन्धनका रूपमा अत्याबस्यक बस्तुको रूपमा दाउराको प्रयोगका लागि वनमा सर्बसाधारण निर्भर हुदै आएको कुरा सर्बबिबिदै छ । त्यस कारण सर्बसाधारण जनताको घरकाज, उपभोक्ता समुह मार्फत सञ्चालन गरिने विकास निमार्णका कार्य, दैबि प्रकोपका लागी उपलब्ध गरार्इने काठ र दाउरा, कृषि औजारका लागी आबश्यक पर्ने काठ उपलब्ध गराउने कार्यलार्इ ब्यबस्थित, पारदर्शि, छिटो र छरितो रूपमा उपलब्ध गराउने उदेश्यले यस बाँके जिल्लामा पनि जिल्ला वन पैदावार आपुर्ति समिति गठन भर्इ बिगत बर्षदेखि स्विकृत बार्षिक कार्ययोजनाको परिधि भित्र रही स्थानिय सर्बसाधारण जनतालार्इ सहजरूपमा काठ र दाउरा उपलब्ध गराउदै आएको छ । यस वन पैदावार आपुर्ति समितिले आ.व.२०७९/०८० को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी समितिको मिति २०७९।०९।०८ गतेको बैठकबाट पारित यो कार्यक्रम तथा बजेट प्रदेश वन नियमावली २०७९ को नियम ६३ को उपनियम ६ बमोजिम वन निर्देशनालयबाट स्विकृति भए पश्चात कार्यान्वयन हुनेछ ।

.२ समितिको गठन/पदाधिकारीहरूः

प्रदेश वन नियमावली २०७९ को नियम ६२ अनुसार यस वन पैदावार आपूर्ति समिति देहाय बमोजिम गठन भएको छ।

(१) डिभिजनल वन अधिकृत, बाँके                                     अध्यक्ष

(२) प्रदेश लेखा ईकाइ कार्यालयको प्रमुख                               सदस्य

(३) जिल्ला समन्वय समिति बाँकेले तोकेको प्रतिनिधि                       सदस्य

(४) मन्त्रालयले तोकेको प्रदेश सरकारको जिल्ला स्थित कार्यालयको अधिकृत कर्मचारी

                                                                सदस्य

(६) सहायक वन अधिकृत, डिभिजन वन कार्यालय, बाँके              सदस्य सचिब

माथी उल्लेखित समितिका पदाधिकारी बाहेक आवस्यकता अनुसार अन्य सरोकारवाला निकायहरुलाई बैठकमा आमन्त्रित गर्न सकिनेछ ।

.३  उदेश्यः

स्विकृत वार्षिक कार्ययोजनाको परिधि भित्र रही यस समितिमा प्राप्त वन पैदावार काठ र दाउरा सर्बसाधारण जनतालार्इ सर्बसुलभ रूपमा समितिले निर्धारण गरेको शुल्क लिर्इ उपलब्ध गराउनु समितिको मुख्य उदेश्य हुनेछ ।

.४ काठ र दाउरा उपलब्ध गराउने प्रयोजनः

प्रदेश वन नियमावली २०७९ को नियम ६३ को उप–नियम ३ मा ब्यबस्था भए बमोजिम यस समितिले देहाय बमोजिमको प्रयोजनका लागि काठ र दाउराको बिक्रि बितरण गर्ने ब्यबस्था मिलाउने छ।

  • विपद व्यवस्थापन ।
  • घर निर्माण तथा मर्मत ।
  • कृषि औजार तथा कृषिमा आधारित उद्योग ।
  • धार्मिक तथा सांस्कृतिक कार्य।
  • शव दाहसंस्कार र
  • जनसहभागितामा गरिने साना लागतका विकास निर्माण कार्य ।
  • लुम्विनी प्रदेशमा स्थायी बसोबास रहेको वा लुम्विनी प्रदेशमा कम्तीमा पाँच बर्ष निरन्तर वन सेवामा रही काम गरेका कर्मचारीको घर निर्माण कार्यका लागि एक पटक ।

.५ काठ र दाउराको आपुर्तिको प्रक्रिया र अबस्था

सरकारद्बारा ब्यवस्थित शमसेरगञ्ज / माथेवास चक्लावन तथा राष्ट्रिय वनबाट उत्पादन भएको काठ दाउरा तथा जिल्ला भित्रका सामुदायिक वनहरुवाट उत्पादन भएको काठ दाउरा मध्ये समूह वाहिर लिलाम विक्रि गर्ने परिमाणको नियमानुसार २५%ले हुन आउने परिमाण नै यस आपूर्ति समितिको काठदाउराको मुख्य श्रोत हो। विगतका वर्षहरुको तथ्याङहरु विश्लेषण गरी हेर्दा औषत रुपमा यस समितिलाई १५००० क्यु.फि.काठ र १०० चट्टा दाउरा वार्षिकरुपमा प्राप्त भएको देखिन्छ।

.६ समितिबाट काठ/दाउरा विक्री वितरण गर्दा पुरा गर्नुपर्ने प्रकृयाहरू

१.६.१ घरकाजका लागि काठः

पक्कि घर निर्माण

घरकाज निर्माणका लागि एक परिवारलार्इ आवस्यकता हेरी गाँउपालिका/ नगरपालिका/ उपमहानगरपालिका भित्र पटक पटक गरी साल तथा अन्य जातका गरी बढीमा चिरान काठ १४० क्यु.फि.वा गोलिया काठ २०० क्यु.फि.सम्म उपलब्ध गराउन सकिने छ ।

कच्चि घर/फुसको घर/सानाघरको निर्माण

कच्चि घर/फुसको घर/सानाघरको निर्माणका लागी बल्लाबल्ली साल र अन्यजात गरी २० वटा सम्म वा चिरान काठ ३५ क्यु.फि.सम्म वा गोलिया काठ ५० क्यु.फि.सम्म तथा बल्लाबल्ली र गोलिया काठ प्रयोग नगरी चिरान काठ प्रयोग गर्ने भएमा ७० क्यु.फि. र गोलिया काठ प्रयोग गर्ने भएमा १०० क्यु.फि.सम्म उपलब्ध गराउन सक्नेछ।

घर मर्मत।

घर मर्मतका लागी चिरान काठ ३५ क्यु.फि.सम्म र गोलिया काठ ५० क्यु.फि.सम्म उपलब्ध गराउन सक्नेछ ।

यस आ.ब.मा उपभोक्तालार्इ कति काठ उपलब्ध गराउने भन्ने बारेमा काठ र दाउराको उपलब्धता हेरी समितिले समय साक्षेप थप निर्णय गर्न सक्नेछ । सम्बन्धित ब्यक्तिले तपशिल बमोजिमका कागजात संलग्न राखी यस समितिमा निबेदन दिएपछि समितिले आवस्यक प्रक्रिया पुरा गरी माथि उल्लेखित परिमाणको काठ उपलब्ध गराउने छ ।

घरकाजका लागि पेश गर्नुपर्ने कागजातहरू:

  • घर बनाउने जग्गाको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि……………………………१
  • चालु आ.ब.मा मालपोत तिरेको रसिदको प्रतिलिपी………………………………..१
  • सम्बन्धित गाँउपालिका/न.पा./उपमनपा/वडा कार्यालय को सिफारिस…………..१
  • नागरिकताको प्रतिलिपी……………………………………………………………..१
  • न.पा./उपमनपा को हकमा स्विकृत नक्सा, प्लेन्थ लेभल सम्म निर्माण गर्ने र्इजाजत र नक्सापास भएको पत्रको प्रमाणको प्रतिलिपी………………………….१
  • गाँउपालिकाको हकमा संभवभए निर्माण गर्ने घरको नक्सा प्रतिलिपी वा सिफारिस…………………………………………………………………………….१
  • नापी शाखाको कित्ता प्रष्ट देखिने ब्लुप्रिन्ट, कम्प्युटर प्रिन्ट, ट्रेस वा फार्इल नक्सा……………………………………………………………………………………………………………………………….१
  • सम्बन्धित ब्यक्तिको निबेदन ( रू.१०। को टिकट साथ)………………………१

.६.२ जनसहभागितामा गरिने साना लागतका विकास निर्माण कार्यका लागि काठ:

स्थानीयस्तरमा जन सहभागिताबाट संचालन र सम्पन्न गरिने साना लागतका विकास कार्यका लागी बढिमा चिरान काठ २०० क्यु.फि. सम्म वा गोलिया काठ ३०० क्यु.फि.सम्म पटक पटक गरी समितिले उपलब्ध गराउन सक्नेछ ।

जनसहभागितामा गरिने साना लागतका विकास निर्माण कार्यका लागि काठका लागी पेश गर्नुपर्ने कागजातहरू:

  • योजनाको स्विकृत लागत र्इष्टिमेट, नक्सा………………………………………….१
  • उपभोक्ता समिति वा निर्माण समितिको नामावली सहितको निर्णय प्रतिलिपी..‍……१
  • सम्बन्धित गाँउपालिका/नपा/उपमनपाले गरेको सिफारिस………………………..१
  • निर्माण वा उपभोक्ता समिति वा सँस्थाको निबेदन(रू.१० को टिकट सहित)……१
  • निर्माण गर्ने स्थानको जग्गाधनि प्रमाणपत्रको प्रतिलिपी…………………………….१
  • सम्वन्धित निकायको सिफारिस…………………………………………………………………………………….१

.६.३ दैबि प्रकोपका लागी काठ:

दैबि प्रकोप जस्तै आगलागी, बाढी पहिरो र हावाहुरीबाट घर गोठ नष्ट भएको, भत्किएको वा बगार्इ लगेको अबस्थामा पुननिर्माण गर्न सम्बन्धित ब्यक्तिले तपशिल बमोजिमको कागजात संलग्न राखी निबेदन दिएमा जिल्ला प्रशासन कार्यालय बाँके/जिल्ला विपद ब्यबस्थापन समितिको सिफारिसको आधारमा समितिले काठ र दाउरा सहुलियत दरमा उपलब्ध गराउन सक्नेछ ।

  • दैबि प्रकोपका लागी पेश गर्नुपर्ने कागजातहरू
  • जिल्ला विपद ब्यबस्थापन समिति/ जिल्ला प्रशासन कार्यालय बाँकेको निर्णय वा सिफारिस…………………………………………………………१
  • नागरिकताको प्रतिलिपी…………………………………………………….१
  • पिडितको निबेदन (रू.१०। को टिकट साथ)…………………………..१

.६.४ कृर्षि औजार कार्यका लागी काठ:

कृषि औजारका लागी काठ प्राप्त गर्न सरोकारवाला ब्यक्तिलार्इ निम्न कागजातका आधारमा बर्षमा एक परिवारलार्इ बढिमा १० क्यु.फि. गोलियाकाठ समितिले उपलब्ध गराउन सक्नेछ । यसरी कृर्षि औजारका लागी कुनै डिपो/ उद्दयोगले औजार बनार्इ बिक्रि गर्न चाहेमा त्यस्ता डिपोलार्इ गोलिया काठ उपलब्ध गरार्इ तयारी औजार समिति मार्फत बिक्रि गर्न सकिनेछ।

  • ब्यक्तिको हकमा कृषि औजारका लागि पेश गर्नुपर्ने कागजात
  • सम्बन्धित गाँउपालिका/न.पा./उपमनपा को सिफारिस…………………..१
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी…………………………………………..१
  • नागरिकताको प्रतिलिपी……………………………………………………..१
  • निबेदन (रू.१०।को टिकटका साथ)…………………………………….१
  • डिपोको हकमाः
  • डिभिजन सहकारी कार्यालय वा जिल्ला प्रशासन कार्यालयको सिफारिस…………१
  • संस्थाको निर्णय प्रतिलिपी………………………………………………………….१
  • संघ सस्थाको आधिकारीक पत्र ………………………………………………….१
  • संस्थाको नविकरण पत्र तथा लेखा परिक्षण प्रतिबेदन प्रतिलिपी…………………१
  • सम्बन्धित गा.पा./न.पा./वडा कार्यालयको सिफारिस पत्र……………………….१

.६.५ दाउराको लागि पेश गर्नुपर्ने आबस्यक कागजातहरू:

घरकाज वा अन्य कार्यका लागि दाउरा वितरण गर्दा गाँउपालिका/उपमनपा/न.पा.मा डिपो खडा गरी तौल गरी सर्बसाधारण लार्इ बिक्रि गरिनेछ । घरकाजका लागि एक बर्षमा एकघर धुरीलार्इ आबश्यकता पहिचान गरी बढिमा ०.२५ चट्टा, दाह संस्कारका लागी तौलका आधारमा, धार्मिक कार्यका लागि आबश्यकता हेरी समितिले तोकेको परिमाणमा बिक्रि बितरण गर्न सक्नेछ ।

  • दाउराका लागि पेश गर्नुपर्ने कागजातहरूः
  • वडा/गाँउपालिका/ नपा/उपमनपाको सिफारिस…………………………..१
  • नागरिकता प्रतिलिपी (ब्यक्तिको हकमा)…………………………………..१
  • सम्बन्धित ब्यक्तिको निबेदन (रू.१० को टिकट)……………………….१
  • संस्थाको हकमा संस्थाको आधिकारिक पत्र……………………………….१
  • सामाजिक संघ संस्था भएमा संचालक समिति वा निर्माण समितिको निर्णयको प्रमाणित प्रतिलिपी………………………………………………..१

.६.६ दाउरा तथा कृर्षि औजारको डिपो सञ्चालनका लागि आबस्यक पर्ने कागजातहरू

  • संघ संस्था, क्लबको हकमा सम्बन्धित समितिको निर्णय सहितको सिफारिस तथा वडा/गाँउपालिका/नपा/उपमनपा को सिफारिस…………………………………..१
  • ब्यक्तिको हकमा गाँउपालिका/ नपा/ उपमनपाको सिफारिस…………………….१
  • डिपो संञ्चालनको निबेदन……………………………………………………………१
  • दैवि प्रकोप जस्तैः जाडो, बाढी पहिरो, शितलहरको लागी दाउरा बितरण गर्दा जिल्ला विपद ब्यबस्थापन समितिको निर्देशानुसार गर्ने तथा निर्देशन प्राप्त नभएको अबस्थामा जिल्ला वन पैदावार आपुर्ति समितिले आफनो स्विकृत बार्षिक कार्य योजना अनुसार गर्ने गराउने तथा वडा/गाँउपालिका/न.पा./उपमनपा को लागी आधिकारीक पत्र प्राप्त भएमा उपलब्ध गराउन सक्नेछ ।(नोटः दैबि प्रकोप, घरकाज तथा कृर्षि औजारका लागी काठ दाउरा लिनका लागी निबेदन दिएका उपभोक्ताहरूले स्वंयम आफै उपस्थित भर्इ निबेदनमा सनाखत गर्नुपर्ने तथा वनपैदावार आफै बुझनुपर्ने छ ।)