मिति २०७७ जेष्ठ ३२ गते
डिभिजन वन कार्यालय बाँकेबाट रेन्जर नवराज शाहीको कमाण्डमा गएको गस्ती टोलिले ईलाका प्रहरी कार्यालय भगवानपुर र APF, BOP कटकुईयाको सयुक्त सहकार्यमा नरैनापुर -१ स्थित झुरुहवा नाका भन्ने ठाउँको लगभग २० विघा जतिको क्षेत्रफलमा राष्ट्रिय वन क्षेत्रमा अवैधरुपमा खनजोत गरिरहेकाले १३ ओटा खरका टहरा हरु भत्काई नस्ट गरि ६ जना अतिक्रमणकारीहरुलाई पक्राउ गरि अनुसन्धान भैइरहेको छ।
