• लुम्बिनी प्रदेश सरकार
  • वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय
  • वन निर्देशनालय
  • डिभिजन वन कार्यालय, नेपालगंज

मानसरोवरको प्रतिकात्मक स्थल सहितको बोटानिकल गार्डेन निर्माणको शिल्यानाश

५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री माननिय शंकर पोखरेलबाट २०७६ साल फागुन ५ गते सोमबार मानसरोवरको प्रतिकात्मक स्थल सहितको बोटानिकल गार्डेन निर्माणको शिल्यानाश भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६, लालपुरस्थित न्यु हरियाली सामुदायिक वनमा निर्माण शुरु गरीने मानसरोवरको प्रतीकात्मक स्थल सहितको बोटानिकल गार्डेन (वनस्पति उद्यान) को शिलान्यास गरीएको हो ।

शिलान्यास कार्यक्रमा ५ न प्रदेश सरकारका मुख्यमन्त्रि माननिय शकर पोखरेल ज्यू सहित ५ न प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि माननिय लिला पुरी ज्यू, ५ न प्रदेश सरकारका भूमि व्यवस्था कृषी र सहकारी मन्त्रि माननिय आरती पौडेल ज्यू, राष्टिय सभा सदस्य माननिय राम लखन हरिजन ज्यू, ५ न प्रदेश सभा सदस्य माननिय आइ पि खरेल ज्यू, पुर्व सविधान सभा सदस्य तथा सिचाइ राज्यमन्त्रि दल बहादुर सुनार ज्यू, बैजनाथ गाँउपालिका अध्यक्ष मान बहादुर रुचाल ज्यू, बैजनाथ गाँउपालिका उपाध्यक्ष सारदा रेग्मी विश्वकर्मा ज्यू, बैजनाथ गाँउपालिकाका सम्पुर्ण वडा अध्यक्ष तथा कार्यपालिकाका सदस्य ज्यूहरु पत्रकार मिडियाकर्मी सामुदायिक वनका अध्यक्ष सहितका पदाधिकारी ज्यू हरुको उपस्थिती रहेको थियो ।

       ५ न प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय बाँकेलाइ प्राप्त आ.व. २०७६/०७७ को पर्यटन विकास तथा प्रबद्धन कार्यक्रम बमोजिम बजेट उप–शिर्षक नं. ३०७०००१३ ( पूजिगत खर्च), खर्च शिर्षक नं. ३११५९ मानसरोवरको प्रतिकात्मक स्थल सहित बोटानिकल गार्डेन निर्माण कार्य शिर्षकमा रु. २,००,००,०००/–( दुई करोड रुपैया ) विनियोजन भएको र सोहि अख्तियारी बमोजिम कार्यालयले रु. १,९८,१५,९७५।५२ (मु.अ.कर, कन्टिजेन्सी तथा पि.एस.आइटम सहित) को लागत अनुमान स्वीकृत गरी मिति २०७६/०८/०३ गते नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित बोलपत्रको सुचना अनुसार रितपुर्वक E bidding मार्फत सबै भन्दा कम रकम सकार श्री राज निर्माण सेवा नेपालगन्ज – १७, बाकेसँग मिती मा सम्झौता भएको हो ।

योजनाको नाम                               : मानसरोवरको प्रतिकात्मक स्थल सहित बोटानिकल गार्डेन निर्माण, बैजनाथ गाँउपालीका ६ न्यू हरियाली सामुदायिक वन     

निर्माण व्यवसायीको नाम,  ठेगाना      : श्री राज निर्माण सेवा नेपालगन्ज – १७, बाके  

ठेक्का सम्झौता रकम               : रु. १,०६,०८,२९१।९४ (मु.अ. कर समेत)    

योजना शुरु हुने मिती                       : २०७६ माघ ३ गते      

योजना सम्पन्न हुने मिती                    : २०७७ असाढ २५